अर्थ / वाणिज्य

भारतीय दुतावासको कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने– सुचना प्रविधि क्षेत्रमा सहयोग आवश्यक छ

काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नया प्रविधीमार्फत व्यवसायको आधार खडा गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

शनिबार भारतिय दुतावासले काठमाडौमा गरेको कार्यक्रममा प्राकृतिक स्रोतको उपयोग गर्न पनि नया नया प्रविधी आवश्यक रहेको भन्दै उहाले नया प्रविधीमार्फत व्यवसायको आधार खडा गर्ने बताउनुभयो ।

उहाले प्रविधीको बिकासमार्फत मुलुकको समृद्धि सम्भव भएको भन्दै उहाले औधोगीक क्षेत्रमा पनि प्रविधीको महत्व उच्च भएको धारणा राख्नुभयो । त्यस्तै मन्त्री खतिवडाले सूचना प्रविधीको क्षेत्रमा पनि नेपालले फड्को मारिरहेको भन्दै यसमा साझेदार देशको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागी भारतिय राजदूत मञ्जिबसिंह पुरीले नेपालमा आर्थिक बिकासको सम्भावना निकै उच्च भएको भन्दै यसका लागी आवश्यक जनशक्ति , पुजी , श्रोत लगाएको सहि प्रयोग हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लगानीकर्ताहरुले व्यवसाय गर्ने वातावरण नेपालमा भएको भन्दै नविनतम प्रविधीको प्रयोगलाई सरकारले खुल्ला गर्नुपर्ने धारणा राखेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. best children's board games says:

    I think other site proprietors should take this web site as an model, very clean and great user genial style and design, as well as the content. You are an expert in this topic!

    http://www.strategyboardgames.co.uk/play-historia-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा