अर्थ / वाणिज्य

मकवानपुरका किसानको माग– आयआर्जनको कार्यक्रम लागु गर

काठमाडौ, २२ कार्तिक । मकवानपुरका कृषकहरुले आयआर्जन गर्न सक्ने खालका कार्यक्रमलाई निरन्तर दिन सरकारसँग माग गरेका छन ।

मकवानपुर टिष्टुङकी कृषक रुकमणी शिकारीले आयआर्जन गर्न सकिने कार्यक्रमलाई निरन्तरता दिन कृषि विकास मन्त्रालयसँग माग गर्नुभएको हो । आज काठमाडांैमा आयोजित एक कार्यक्रममा उहाँले कृषिबालीमा लाग्ने रोग नियन्त्रणमा पनि सरकारले विशेष खालको कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

मकवानपुर दामनका कृषक कृष्णमान श्रेष्ठले मल र विउविजनको अभावमा आफूहरुले ठूलो क्षति व्यहोर्दै आएको गुनासो गर्नुभयो । उहाँले सरकारले उचित व्यवस्था गर्न नसक्दा कृषकहरुले तरकारी बालीबाट धेरै नोक्सान व्यहोर्नु परेको पनि स्पष्ट पार्नु भयो । कृषकहरुले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा विहान ७ बजेपछि मालवाहक ट्रक भित्र प्रवेश गराउन नपाउँदा ठूलो मारमा पर्नु परेको गुनासो पनि गर्दै आएका छन ।

कृषक श्रेष्ठले सवारी अवरोधका कारण कहिलेकांही ढिला गरि तरकारी काठमाडौंको कालिमाटी पुग्ने गरेपनि विहान ७ बजेपछि गाडी भित्र लैजान नपाउँदा ठूलो क्षेती व्यहोर्नु परेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा कृषि र कृषि क्षेत्रको विकासमा सरकारले खासै चासो नदिएको कृषकहरुले गुनासो गरिएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा