अर्थ / वाणिज्य

मुस्ताङको नेचुङ भन्सार दुई दशकपछि सञ्चालन

सन्तोष गौतम, । मुस्ताङ ३१ भदौ । मुस्ताङको लोमान्थाङ गाउँपालीकाको छोसेरमा रहेको नेचुङ भन्सार दुई दशकपछि सञ्चालनमा आएको छ ।

भन्सार कार्यालय नहुँदा यसअघि कोरला नाकाबाट हुने आयात निर्यात करको दायरामा आउन सकेको थिएन् । भौगोलिक बिकटता र सरोकारवालाको बेवास्ताका कारण २१ व्र्षदेखि बन्द नेचुङ भन्सार वि.स २०७३ असारमा पुनस्थापना भएको थियो ।

भन्सार सञ्चालन भएपछि कोरला नाकाबाट हुने ब्यापार कानुनी दायरामा ल्याउन सफल भएको कार्यालयका प्रमुख शुक्रदर्शन ढुङ्गानाले बताउनुभयो । चिनको स्वशासीत क्षेत्र तिब्बतको ढोङ्वासेन जिल्लाको लिजीमा वर्षको दुई पटक सञ्चालन हुने ब्यापार मेलालाई लक्षित गरेर भन्सार कार्यालय सञ्चालन हुने गरेको छ ।

अन्य समय नाका बन्द हुने हुँदा आयात निर्यात हुदैन् । जेठ–असार र भदौ महिनामा त्यहाँ दुईदेशीय ब्यापार मेला सञ्चालन हुने गर्छ । भदौ १६ देखि २४ गतेसम्म मेला सञ्चालनका क्रममा नाका खुल्ला गरिएको समयमा दुई लाख २१ हजार ४७१ रुपैया राजस्व संकलन भएको कार्यालय प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।

गत वर्षको भदौमा मेला लाग्दा एक लाख ७२७ रुपैया राजस्व संकलन गरेको थियो ।कार्यालयले गत आर्थिक वर्षमा कुल छ लाख ९० हजार रुपैया राजस्व संकलन भएको जनाएको छ ।

ब्यापार मेलाका क्रममा उपल्लो मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालीकाका ब्यापारी तथा स्थानीय बासिन्दाले वर्ष भरीका लागि आवश्यक पर्ने सामान खरिद गरेर ल्याउने गर्छन् । फलामे चुल्हो, ऊन, फर्नीचर, भोटे चिया, काठ, कृषि औजार र चाउचाउ आयात हुने गर्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा