अर्थ / वाणिज्य

मेट्रो रेल चलाउन विजुली जोहो गर्दैछौँ– कुलमान

काठमाडौ, ४ फागुन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकार भित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको बताउनु भएको छ । प्रबन्ध निर्देशक घिसिङले अव नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि स्पष्ट पार्नु भयो ।
बुधबार काठमाडौंमा आयोजित सफलताका लागि प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अव केही दिन भित्रै लोडसेडिङ औपचारिकरुपमैं अत्य हुने घोषणा पनि गर्नु भयो । उहाँले अव काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिनु भयो ।
प्राधिकरणले एकपछि अर्को गर्दै देशका विभिन्न सहरमा लोडसेडिङ मुक्त गराउँदै लगेको छ । प्रबन्ध निर्देशक घिसिङले अव लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट पार्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा