अर्थ / वाणिज्य

मौद्रिक नीति तर्जुमाका लागि सुझाव सङ्कलन थालियो

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिको तर्जुमाका लागि सोमबारबाट सुझाव संकलन गर्न थालेको छ । काठमाडौंमा सुरु अन्तरक्रिया कार्यक्रम गर्दै बैंकले लामो समय पछि बढेको आर्थिक वृद्धिदरलाई कायम राख्न अवलम्बन गर्नुपर्ने नीतिहरुका बारेमा सुझाव मागेको हो ।

कार्यक्रममा सहभागी बैंकर, उद्योगी, ब्यवसायीले पछिल्लो समय बजार नियन्त्रण गर्न लगाईएको व्यवस्थाले ब्यवसाय अप्ठेरोमा परेको भन्दै पुनर्विचार गर्न आग्रह गरेका थिए । उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सुन आयात माथि लागाइएको नियम हटाउँदै ब्यवस्थापन गर्न छुटै निकाय गठन गर्न माग गर्नुभयो ।

त्यस्तै ब्यवसायी सौरभ ज्योतिले जल बिद्युतमा प्रवाह भएको ऋणको ब्याजदरलाई स्थिर राख्न माग गर्नु भयो । ब्यवसायी ज्योतिले बैकिंग प्रणालीमा ऋण लिंदा चलायमान ब्याज प्रणाली वा स्थिर ब्याज प्रणाली मध्ये एक रोज्न दिनु पर्ने पनि माग गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले बिमा र बैंकको धितो मुल्यांकन प्रणाली फरक परेकाले कर्जा असुली र बिमाको सोध भर्नामा कठिनाई परेको बताएका थिए ।

व्यवस्थापिका–संसद्मा आव २०७४÷०७५ को बजेट पेस भएको २० दिनपछि राष्ट्र बैंकले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, बिमा समिति, बैंकर्स एसोसिएसनलगायत निजी क्षेत्रका विभिन्न संस्थाको उपस्थितिमा सुझाव सङ्कलन गरेको हो ।

सामान्यतया बजेट पेस भएको ३० दिनपछि राष्ट्र बैंकले आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति मुलुकको समग्र आर्थिक नीतिको दस्तावेज हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा