अर्थ / वाणिज्य

म्याग्दीको मल्कवाङमा विजुली बल्यो, स्थानीय उत्साहित

म्याग्दी, २९ फागुन । म्याग्दीको दुर्गम मल्कवाङ गाउँमा नन्दीवाङखोलाबाट ४२ किलोवाट क्षमताको विद्युत उत्पादन भएपछि मल्कवाङ गाविसको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरी लाभान्वित भएका छन् । उज्यालोका लागि बत्ति बाल्न, टिभी हेर्न, मोवाईल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन, घरायसी काममा सहज हुनुका साथै विद्युतीय सामाग्रीको सहायताले गाउँमै आयआर्जनमुलक क्रियाकलाप गर्ने अवसर खुलेको छ । सडक, सञ्चार लगायत भौतिक पूर्वाधारकाको पहुँच पुग्न नसकेको मल्कवाङमा लघुजलविद्युत निर्माणले गाउँलेको जिवन र दैनीकीमा परिवर्तन ल्याएको छ ।

बिजुली बलेपछि उज्यालोका लागि महँगोमा मट्टितेल किनेर टुकी बाल्नुपर्ने र सोलार खरिद गर्नुपर्ने बाध्यताबाट मल्कवाङ बासीले मुक्ति पाएका छन् । दुई करोड २८ लाख ५० हजार १६१ रुपैया लगानी भएको परियोजना निर्माण गर्न दुई वर्ष लागेको थियो । १२० घरधुरी उपभोक्ताले ११० दिनका दरले ६९ लाख रुपैया बराबरको श्रमदान गरेका थिए । बैकल्पीक उर्जा प्रर्वद्धन केन्द्रको ८१ लाख ९० हजार रुपैया सहयोग गरेको परियोजना बनाउन धौलागिरी सामुदायीक स्रोत विकास केन्द्रले प्राबिधिक सहयोग गरेको थियो । स्थानीय र प्रवासमा रहेका मल्कवाङका बासिन्दाले ५६ लाख ७० हजार २६१ रुपैया चन्दा संकलन गरेर जुटाएका थिए ।
जिल्ला विकास समितिले दुई लाख र मल्कवाङ गाविसले पाँच लाख ५६ हजार रुपैया अनुदान सहयोग गरेको परियोजनामा ३, ४, ५ र ६ नम्बर वडा र आमा समूह कोषबाट १३ लाख १० हजार रुपैया लगानी भएको छ । लघुजलविद्युत परियोजना निर्माण भएर बिजुली बलेको खुसीयालीमा मलल्कवाङबासीले बाजागाजा सहित नाचगान गरेर खुसीयाली मनाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा