अर्थ / वाणिज्य

म्याग्दीमा खरबुजा खेतीबाट मनग्ये आम्दानी

म्याग्दी, २७ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका कषकले खरबुजाको ब्यवसायीक खेती गरेका छन् ।

सिंगा र सुर्केमेलाका कृषकले ब्यवसायीक खरबुजा खेती गरेका हुन् । तीन वर्षअघि गरिएको परिक्षण खेती सफल भएपछि कृषकहरुले ब्यवसायीक रुपमा खरबुजा उत्पादन गर्न थालेका हुन् ।

सिंगाका भगवान खड्का र सुर्केमेलाका भिमबहादुर बानियाले ६ रोपनी जग्गामा खरबुजा खेती गर्नुभएको छ । दुवैले मकै खेतीसंगै अन्तरेबालीको रुपमा खरबुजा लगाउनु भएको हो । एक रोपनीबाटै तिन सय किलो खरबुजा उत्पादन भएको कृषक बानियाले बताउनुभयो ।

प्रतिकिलो ४० देखि ५० रुपैयाँका दरले बेनीमा बिक्री भएको खरबुजाबाट छिटो र राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा