अर्थ / वाणिज्य

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य विजयी

सन्तोष गौतम । म्याग्दी, १२ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ ।

बेनीमा शनिबार राती सम्पन्न भएको संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

सदस्यहरुमा बेलबहादुर कटुवाल, सुबिन श्रेष्ठ, राजेश शाक्य, लिलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, ठाकुरप्रसाद शर्मा, नारायण जिसी, तारानाथ रेग्मी, राजकुमार श्रेष्ठ, गोपाल पौडेल, गणेश श्रेष्ठ, चन्द्र बराईली, बाबुराम आचार्य, बोमबहादुर केसी, कमल विश्वकर्मा, गोपाल रेग्मी लगायत निर्वाचित हुनुभएको छ ।

निवर्तमान अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापती, दरवाङ ईकाईका सभापती र बस्तुगततर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पदेन सदस्य रहने व्यवस्था छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा