अर्थ / वाणिज्य

रसुवागढी नाका फेरि बन्द

काठमाडौं, १७ बैशाख । नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरि बन्द भएको छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ। नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द रहने छ।

तीन दिनसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने चिनियाँ पक्षबाट जानकारी आएको सीमा प्रहरी चौकी टिमुरेले जानकारी दिएको हो । आइतबारदेखि तीन दिन पूर्ण रुपमा नाका बन्द हुने चिनियाँ अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराएको छ ।

चिनियाँ पक्षले २७ किलोमिटर दूरीको रसुवागढी–केरुङ सडक मर्मत तथा ट्रयाक निर्माणका लागि ब्लाष्टिङको काम शनिबारदेखि थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ। रसुवागढीदेखि चीनको केरूङसम्म चिनियाँ पक्षले शनिबारदेखि सडक सुधार तथा मर्मत कार्य थालेको छ।

नाका सन्चालन हुँदा दैनिक रुपमा ५० वटा माल वहाक कन्टेनर तथा अन्य यातायातका साधन चिनबाट भित्रिन्थे । गत फागुनदेखि दुई महिनाको अवधिमा रसुवागढी नाका पहिरोलगायतका कारणले एक महिनाभन्दा बढी बन्द भइसकेको छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा