अर्थ / वाणिज्य

रोल्पाकी डाँगी सर्वोत्कृष्ट उद्यमी

काठमाडौ, १७ फागुन । रोल्पाकी लक्ष्मी डांगी सर्वोत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिद्वारा आयोजित २८औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको समापन समारोहमा डांगीलाई सर्वोत्कृष्ट उद्यमीको रुपमा ३० हजार नगद सहित पुरस्कृत गरिएको हो । उहाँले नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग संचालन गर्दै आउनु भएको छ ।
कार्यक्रममा ढाका, पश्मीना, कृषि, प्राकृतिक रेशाजन्य, बाँस तथा निगालो, धातु, काष्ठकला, उनी, गलैचा, हाते कागज, खाद्य तथा पेय, छाला, विविध वस्तु, महिला र लघु उद्योग लगायतका विधामा ५९ जना उद्यमी पुरस्कृत भएका छन् । १४ जना उद्यमीले उत्कृष्ट उद्यमीको पुरस्कार पाएका छन् ।
त्यसैगरी १४ जना उद्यमी द्वितिय पुरस्कारबाट पुरस्कृत भएका छन् । २२ जनाले सान्त्वना पुरस्कार पाएका छन् । त्यसैगरी विशेष पुरस्कार पाउनेमा ८ जना उद्यमी रहेका छन् । उत्कृष्ट उद्यमी चयन भएकालाई जनही २० हजार, द्वितियलाई जनही १० हजार र सान्त्वनालाई जनही ५ हजार रुपैया प्रदान गरियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा