अर्थ / वाणिज्य

लगानीको वातावरण नभएकाले भारतीय लगानी कम– उपाध्याय

बुटबल, २३ फागुन । लगानीका लागि सुरक्षित वातावरण नभएकाले भारतीय लगानी नेपालमा कम भएको नेपालका लागि भारतीय राजदूत दिपकुमार उपाध्ययले बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यलय रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्वागत तथा अन्तरक्रियामा राजदुत उपाध्ययले लगानीपछिको सुरक्षित वातावरण नभएकाले लगानी घटेको दाबी गर्नुभयो । बन्द हड्तालका कारण लगानीको सुरक्षामा चुनौति थपीएको उहांले बताउनुभयो ।
उहाले भारतिय आयल कर्पोरेशन र नेपाल आयल निगम बीच नयां सम्झौता भएपश्चात नेपाल तेलको संकट नहुने जिकीर गनुभयो । भारतमा भइरहेको निर्वाचनको कारण भारुको समस्या बढेको जनाउदैं केही समयमै नेपालमा रहेको सबै भारु साटिने समेत उहाले वताउनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा