अर्थ / वाणिज्य

लेखाले माग्यो, कर फछ्यौँट आयोगको कामबारे जानकारी

काठमाडौ, १४ बैशाख । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कर फछ्र्यौंट आयोग, २०७१ को काम कार्वाहीसहितको विस्तृत प्रतिवेदन २ हप्ता भित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले कर फछ्र्यौटका सम्बन्धमा आयोगले गरेका काम कार्वाहीको बिवरण खुल्ने गरी प्रतिवेदन पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले आयोगको काम कार्वाहीलाई हेरेर एनसेलको ३३ अर्ब रुपैयाँ बराबरको पूँजीगत लाभकर उठाउन नयाँ रणनीति तयार पार्ने तयारी गरेको हो ।

समितिले कर दाताको हालको वित्तीय अवस्थासहितको प्रतिवेदन पनि समितिलाई उपलब्ध गराउन सरकारलाई सचेत गराएको छ । कर फछ्र्याैट सम्बन्धि सम्पूर्ण विवरण समितिमा पेश गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

समितिले महालेखा परिक्षकको प्रतिवेदनमाथि पनि अध्ययन गर्ने निर्णय गरेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमाथि छलफल गरी कर असुलीको अवस्थाबारे पनि अध्ययन गर्ने निर्णय लिइएको समितिका सभापति उपाध्यायले बताउनु भयो ।

बैठकमा आयोगका सदस्य एवं आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले करदाताहरु मार्फत कर असुली गर्ने काममा कुनै कमी नहुने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले आयोगले आफनो कार्य क्षेत्रमा रही करदाताहरुबाट करको साँवा असुलीको कामलाई तीव्र गतिमा अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा