अर्थ / वाणिज्य

लेखा समितिमा प्रधानमन्त्रीको प्रतिवद्धताः  जसरी पनि एनसेलसँग कर उठाउँछौ

काठमाडौ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले एन सेलको पुँजीगत लाभकर छुट नदिएको भन्दै जसरी पनि असुल उपर गरिने प्रतिवद्धता जनाउनुभएको छ ।
आईतबार व्यवस्थापिका संसदको लेखा समितिको बैठकमा प्रधानमन्त्री दाहालले पुँजीगत लाभकर उठाउने बारेमा सरकार गम्भीर र संवेदनशील रहेको स्पष्ट समेत पार्नुभयो ।

कर असुली बारे सोचिरहेका बेला प्रधानमन्त्रीको नाममा विक्रेताबाट लिनुपर्नेमा क्रेताबाट लिने काम गरियो भन्ने पत्र प्राप्त भएपछि आफुले त्यसमा टिप्पणी उठाएर अर्थमन्त्रालयमा पत्र पठाएको र अर्थमन्त्रीले मौखिक रुपमा मन्त्रीपरिषद्मा सो विषय प्रस्तुत गर्नुभएको स्पष्ट पार्नुभयो ।

उहाँले करका सम्बन्धमा औपचारिक ढंगले अर्थ मन्त्रालयबाट प्रस्ताव नै नआएकाले औपचारिक निर्णय केही नभएको पनि स्पष्ट पार्नुभयो । मन्त्रीपरिषद्मा छलफल केबल विषयको गम्भीरतालाई अगाडि लैजान भएको भन्दै उहाले विक्रेताबाट लाभ कर उठाउने विषयमा कहा त्रुटी भयो भनेर छलफल भएको तर मिडियामा आए जस्तो औपचारिक निर्णय केही नभएको बताउनुभयो ।

कर उठाउने विषयमा कुनै सम्झौता गर्ने पक्षमा सरकार नरहेको भन्दै उहाले विगतमा भएका विषयको सत्य तथ्य बाहिर आउनुपर्छ भन्नेमा पनि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । यदि नेपाल सरकारकै कर्मचारीबाट कुनै गल्ती भएको भए त्यसको पनि छानविन गर्नुपर्छ भन्नेमा आफु स्पष्ट रहेको पनि उहाले उल्लेख गर्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा