अर्थ / वाणिज्य

‘वान बेल्ट वान रोड’ को अवधारणालाई उच्च प्राथमिकता- महरा

काठमाडौं, १६ बैशाख । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।

अर्थमन्त्री महराले नेपालसहित दक्षिण एशीयाको आर्थिक विकासमा ‘वान बेल्ट वान रोड’को अवधारणाले महत्वपूर्ण योगदान दिने पनि स्पष्ट पार्नु भयो । शुक्रबार चीन अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘वान बेल्ट वान रोड र दक्षिण एशीया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै मुलुकलाई जोड्ने गरी चीनले अघि सारेको अवधारणाबाट नेपाललाई ठूलो लाभ हुने पनि स्पष्ट पार्नु भयो ।

उहाँले नेपाल दिगो आर्थिक विकासको बाटोमा अग्रसर भएको पनि बताउनु भयो । मुलुकको आर्थिक वृद्धिदर सकारात्मक दिशामा अघि बढेको उल्लेख गर्दै अर्थमन्त्री महराले सरकारले पूर्वाधार विकास, पर्यटन, उर्जा र कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराउनु भयो ।
अर्थमन्त्री महराले सरकारले अहिले स्थानीय तहको निर्वाचन गरी संघीयता संस्थागत गर्न लागि परेको पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत यू होङले ‘वान बेल्ट वान रोड’ को चिनियाँ अवधारणाले आर्थिक विकास गर्ने दक्षिण एशीयाली राष्ट्रहरुको चाहनालाई महत्वपूर्ण योगदान दिने बताउनु भयो ।

राजदुत होङले नेपालको विकासमा चीनको सधैं साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा