अर्थ / वाणिज्य

वायुसेवाको जहाज ५ दिनदेखि थाइल्याण्डमा ग्राउण्डेड, निगमको गम्भिर लापरबाही

काठमाडौ, २४ चैत । नेपाल एअरलाइन्सको बोइङ ७५७ थाइल्याण्डको सुवर्णभुमी बिमानस्थलमा ५ दिनदेखि ग्राउण्डेड भएको छ ।

शुक्रबार थाइल्याण्ड उडान भरेको बिमान एअरलाईन्सको व्यवस्थानको गम्भिर लापरबाहीका कारण ग्राउण्डेड भएको हो ।

जहाजको चालक दलका सदस्यलाई विमानमा अक्सिजन दिने उपकरणमा देखिएको समस्याका कारण जहाज ग्राउण्डेड भएको हो ।

हरेक १० वर्षमा उपकरण परिवर्नत गर्नुपर्ने भएपनि वायुसेवा निगमले उपकरण नफेरेका कारण समस्या आएको हो ।

उपकरण फेर्न एकघण्टा पनि समय नलाग्ने भएपनि वायुसेवा प्रशासनको गैरजिम्मेवारीका कारण जहाज नै ग्राउण्डेड भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा