अर्थ / वाणिज्य

विचौलियाको दबाबमा आपुर्तिमन्त्री यादवले गरे महानिर्देशकको सरुवा

काठमाडौँ । बजार अनुगमन तीव्र पारेर ब्यापारीको ठगी धन्दा बाहीर ल्याएसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा गरेको छ ।

व्यापारीकै दबाबमा एक महिनादेखि बजार अनुगमन रोकेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभागका महानिर्देशकलाई नै सरुवा गराएका हुन् । बुधबार मात्र विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

दाहाल विभाग गएको करिब एक वर्षमात्र भएको थियो । मन्त्रीको निर्देशन नटेरी ठूला कर्पोरेट हाउसमा अनुगमन गर्दै मुद्दा दायर गर्ने तयारी गरेपछि दाहालको सरुवा भएको मन्त्रालय स्रोतको दाबी छ । केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन भएपछि माथिल्लो तहका कर्मचारीको सरुवा गरिएको यो पहिलोपटक हो ।

बजारमा हुने कालोबजारी, नाफाखोरी, बेथितिलाई नियन्त्रण गर्न स्थापना भएको विभागले बजार अनुगमनमा कडाइ गरेपछि व्यापारीले अनुगमन रोक्न दबाब दिंदै आएका थिए ।

विभागले खाद्य, शिक्षा, स्वास्थ्य, अटोमोबाइल्स, सिमेन्ट, छड, लगायत क्षेत्रका ठूला व्यापारिक घरानाको ठगी तथा कालोबजारीका दुई दर्जन बढी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइसकेको छ । यसबाहेक महानिर्देशक दाहालले काठमाडौंमा नाम चलेका अस्पताल, विद्यालय, बहुराष्ट्रिय कम्पनीविरुद्ध करिब ३०–४० फाइल तयार गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. top rated board games says:

    You are a very smart individual!

    http://www.strategyboardgames.co.uk/game-thrones-board-game/

  2. https://plus.google.com/+gloriaphilips/posts/7DXaAY33KvY says:

    Thanks a lot for the blog.Thanks Again. Will read on…

    https://plus.google.com/+gloriaphilips/posts/7DXaAY33KvY

  3. established websites for sale says:

    I appreciate you sharing this article post.Thanks Again. Much obliged.

    https://www.scoop.it/t/buysellempire

  4. tri-cities real estate says:

    Im obliged for the post.Much thanks again. Will read on…

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा