अर्थ / वाणिज्य

विरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा बढि राजश्व

पर्सा, २० बैशाख । बीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म लक्ष्यभन्दा २ दशमलव छ तीन प्रतिशत बढि राजश्व संकलन गर्न सफल भएको छ ।

भन्सार विभागले कूल ७९ अर्ब ३३ करोडको लक्ष्य दिएकोमा ८१ अर्ब ४२ करोड रुपैयाँ राजश्व संकलन गरेको होे । चैत्र मसान्तसम्ममा लक्ष्य भन्दा बढि २ अर्ब ९ करोड राजस्व संकलन गर्न सकिएको भन्सार प्रमुख सेवन्त पोखरेलले जानकारी दिनु भयो । एक वर्षयता बन्द, हडताल नभएका कारण राजश्व संकलनमा बृद्धि भएको हो ।

चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा वीरगंज भन्सारबाट भित्रिएका विविध सामानहरुबाट आयात तर्फ कुल २ खर्ब ६४ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । भन्सार विभागले कूल राजस्व मध्ये सवारी साधन तर्फ मात्रै ४५ प्रतिशत रहेको पनि स्पष्ट पारेको छ । राजस्व संकलनमा पेटोलियम पदार्थको योगदान १५ प्रतिशत रहेको पनि भन्सार कार्यालयका प्रमुख पोखरेलले जानकारी दिनु भयो ।

भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा निर्यात तर्फ ११ अर्ब १८ करोड रुपैया राजश्व संकलन भएको पनि जनाएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई कुल ४७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा बन्द, हड्ताल र नाकाबन्दिका कारण २८ अर्ब मात्रै राजश्व संकलन भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा