अर्थ / वाणिज्य

वैदशिक लगानी ल्याउन नीतिगत निर्णय भइसकेको सरकारी भनाई

काठमाडौ, २६ बैशाख । नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले नीतिगत निर्णय गरिसकेको सरकारले जनाएको छ ।

उद्योग मन्त्री नविन्द्रराज जोशीले बैदेशिक लगानी भित्र्याउन राजनीतिक स्थायित्व अझै कायम हुन नसकेपनि ऐन, कानुनसम्बन्धि नीतिगत निर्णय भने सरकारले लिइसकेको बताउनु भएको हो ।

मंगलबारदेखि काठमाडांैमा सुरु भएको नेपाल व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपालमा बैदेशिक लगानी भित्र्याउने अनुकूल वातावरण बनाउन सरकारले ८ वटा ऐन संशोधन गर्नु परेको पनि बताउनु भयो । उहाँले नेपालमा लगानी गरे प्रतिफल पाउनेमा ढुक्क हुन पनि अन्तराष्ट्रिय समुदायसँग पुनः आग्रह गर्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा