अर्थ / वाणिज्य

वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न सरकारको नयाँ नीति

सरकारले वैदेशिक लगानीकर्ताहरुलाई नेपाली नागरिक सरह सेवा र सुविधा दिने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ । सरकारले संसदमा पेश गरेको ‘वैदेशिक लगानीसम्बन्धि ऐन, २०७४’ मा स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्तालाई समान सेवा, सुविधा र अवसर दिने उल्लेख गरिएको हो ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले आईतबार पत्रकार सम्मेलनमार्फत् ऐनबारे जानकारी गराउँदै विदेशी लगानीकर्ता र नेपाली लगानीकर्ताबीच समान व्यवहार गर्ने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो । सरकारले ल्याएको ऐनमा वैदेशिक लगानीमा संचालित उद्योगमा विदेशका विशेषज्ञ, उच्च प्राविधिक र व्यवस्थापकीय कर्मचारी राख्न पाउने पनि उल्लेख गरिएको छ ।

सरकारले वैदेशिक लगानीको कामलाई एकल विन्दु सेवा केन्द्रमार्फत् भित्रयाउने सकिने व्यवस्था गर्ने पनि जनाएको छ । लगानी तथा आर्जित रकम वैदेशिक लगानीकर्ताहरुले फिर्ता लैजान पाउने व्यवस्था पनि ऐनमै गरिएको छ । ऐनले विदेशी लगानीकर्ताहरुलाई विदेशी मुद्राको कारोबार गर्ने छुट पनि दिएको छ ।

मन्त्री जोशीले ऐनमा वैदेशिक लगानी भित्रयाउन आवश्यक वातावरण निर्माणमा जोड दिइएको पनि उल्लेख गर्नु भयो । उद्योग मन्त्रालयले नेपालमा वैदेशिक लगानी भित्रयाउने नीतिगत, संस्थागत र संरचनागत आधार तयार भईसकेको दावी समेत गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा