अर्थ / वाणिज्य

वैदेशिक व्यापारलाई सहजा बनाउन विद्युतीय प्रणालीको व्यवस्था

काठमाडौं, २० बैशाख । भन्सार विभागले वैदेशिक व्यापारलाई सहज बनाउन स्वचालित विद्युतीय प्रणालीको व्यवस्था गर्ने तयारी गरेको छ । विभागका निर्देशक देवीप्रसाद भण्डारीले वैदेशिक व्यापारलाई सहज बनाउन स्वचालित विद्युतीय प्रणालीद्वारा कार्य सम्पादन गर्ने व्यवस्था गर्न लागिएको स्पष्ट पार्नु भयो । साउन १ गतेबाट सुरु हुने स्वचालित विद्युतीय प्रणालीले बैदेशिक व्यापारको काममा समय र खर्च दुवैको बचत गर्नेछ ।

वाणिज्य विभाग, बैंक, भन्सार लगायतका सरकारी निकायको अनुमति पत्र लिएर मात्रै बैदेशिक व्यापार गर्ने व्यवस्थाले समय र रकम दुवै खर्च हुने भएकाले विद्युतीय प्रणालीको व्यवस्था गर्न लागिएको भन्सार विभागले जनाएको छ । विभागले मंगलबार काठमाडौंमा सरोकारवाला निकायसँग छलफल गर्दै अब बैदेशिक व्यापारका लागि विभिन्न निकायमा अनुमतिका लागि धाउनुपर्ने अवस्थाको अन्त्य हुने पनि स्पष्ट पारेको छ ।

स्वचालित विद्युतीय प्रणालीमार्फत् बैदेशिक व्यापारका लागि आवश्यक अनुमति पत्र उद्योगी व्यवसायीहरुले एकै निकायबाट पाउने व्यवस्था हुने पनि निर्देशक भण्डारीले स्पष्ट पार्नु भयो । विभागले तयार पारेको बैदेशिक व्यापार सम्बन्धि कार्यविधिमा अन्तराष्ट्रिय व्यापार सम्बन्धि अभिलेख राख्ने प्रयोजनका लागि निकासी पैठारी संकेत नम्बर प्रदान गर्ने व्यवस्था पनि गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा