अर्थ / वाणिज्य

व्यवसायीलाई प्रचण्डको बधाई, उद्योगको विकासमा ध्यान दिन व्यवसायीको आग्रह

काठमाडौ, ३१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल उद्योग वाणिज्य महासंघको नव निर्वाचित कार्य समितिलाई बधाई दिनु भएको छ ।

प्रधानमन्त्री दाहालले विहिबार आफ्नै सरकारी निवास बालुवाटारमा महासंघका नव निर्वाचित कार्य समितिका पदाधिकारीसँग सामूहिक भेट गरी बधाई तथा कार्य कालको सफलताको शुभकामना व्यक्त गर्नु भएको हो ।

त्यसअवसरमा प्रधानमन्त्री दाहालले महासंघको नयाँ नेतृत्वमा केही गरौं भन्ने भावना अभिप्रेरित रहेको आफूलाई अनुभूति भएको पनि सुनाउनु भएको थियो । उहाँले महासंघको नेतृत्वसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

नयाँ कार्य समितिको औपचारिक परिचयका लागि प्रधानमन्त्रीसँग भेट गरिएको महासंघकी अध्यक्ष भवाणी राणाले जानकारी दिनु भयो । उहाँले भेटमा बजेटको विषयमा पनि संक्षिप्त कुराकानी भएको स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्रीसँगको भेटमा महासंघका पदाधिकारीहरुले उद्योग क्षेत्रको विकासमा विशेष जोड दिएर बजेट निर्माण गर्न आग्रह गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा