अर्थ / वाणिज्य

व्यापारघाटा बढ्यो, ४ खर्ब ६४ अर्ब ४ महिनामा घाटा

काठमाडौ, १७ फागुन । नेपाल राष्ट्र बैंकले व्यापार घाटा बढ्दै गएको जनाएको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले चालू आर्थिक वर्ष भित्र ४ सय २८ अर्ब ३३ करोड व्यापार घाटा रहेको जानकारी गराउनु भएको हो ।
मंगलबार बसेको व्यवस्थापिका संसद अर्थ समितिको बैठकमा बोल्दै उहाँले चालू आर्थिक वर्षको ६ महिना भित्र ३७ अर्बको मात्रै निर्यात व्यापार भएको तर आयात व्यापार भने ४ सय ६४ अर्ब पुगेको स्पष्ट पार्नु भयो ।
गभर्नर नेपालले व्यापार घाटा बढ्दै जानुमा भूकम्प र नाकाबन्दी मुख्य कारण रहेको पनि बताउनु भएको छ । नेपाल राष्ट्र बैंकले केही समययताको आर्थिक अवस्था भने सुधार उन्मुख हुँदै गएको पनि जनाएको छ ।
कृषि उत्पादन, पर्यटन क्षेत्र र सेवा क्षेत्रको प्रगति उल्लेख्य हुन गएकाले अर्थतन्त्र सुधारउन्मुख हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । सरकारले यस वर्ष ६ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा