अर्थ / वाणिज्य

शुरु भयो विद्युतिय भुक्तानी प्रणाली

काठमाडौ, १५ फागुन । सरकारले आईतबारदेखि संस्थागत भुक्तानी विद्युतीय प्रणालीबाट सुरु गरेको छ ।
पहिलो चरणमा महालेखा नियन्त्रक कार्यालयले सिंहदरबार भित्रका ६६ वटा कार्यालयमा विद्युतीय प्रणालीबाट भुक्तानी सुरु गरेको हो ।
आईतबार एक समारोहकाबीच महालेखा नियन्त्रक राजेन्द्र प्रसाद नेपालले विद्युतीय प्रणालीको विधिवत् उद्घाटन गर्नुभएको हो । कार्यालयले विद्युतीय प्रणालीबाट भुक्तानी गर्दा जनशक्ति कम लाग्ने र बैंकहरुलाई आर्थिक भार पनि कम हुने स्पष्ट पारेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी राष्ट्रिय निर्देशिकामा विद्युतीय प्रणालीमार्फत् वित्तीय कारोबार गर्ने उल्लेख गरिएको छ । कार्यालयले विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने प्रणालीको व्यवस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको सहयोगमा संचालन गरेको हो । विद्युतीय प्रणालीबाट भुक्तानी भए चेकबाट हुने झन्झटिलो प्रक्रियाको अन्त्य हुनेछ ।
यो प्रणालीले चेक मार्फत भुक्तानी भई हुने दुरुपयोग रोकिने पनि कार्यालयले जनाएको छ । सरकारको आर्थिक प्रशासनिक काम गर्नका लागि २००८ सालमा स्थापना भएको महालेखापालको कार्यालय २०३२ सालमा महालेखा नियन्त्रकको कार्यालयमा परिणत भएको थियो । यसले २०३८ साल देखि ७५ वटै जिल्लामा कोष तथा लेखा नियन्त्रकको कार्यालय स्थापना गरी चौमासिक विकास प्रणाली सुरु गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा