अर्थ / वाणिज्य

संघीय संरचना सञ्चालनका लागि बजेटको अभाव नहुने अर्थविद्को दाबी

काठमाडौ, ४ पुस । अर्थविद्हरुले संघीय संरचना संचालनका लागि बजेटको अभाव नहुने स्पष्ट पारेका छन । अर्थसचिव शंकरप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्ले लगायतका अर्थविद्हरुले संघीय संरचना संचालनका लागि बजेटको अभाव नहुने प्रष्टयाउनु भयो ।

मंगलबार काठमाडौंमा आयोजित संघीय संरचना संचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा अर्थसचिव अधिकारीले राजनीतिक तहमा उच्च प्रतिवद्धता हुने हो भने संघीय संरचना संचालनका लागि बजेटको अभाव नहुने स्पष्ट पार्नु भयो । उहाँले संघीय संरचनाका लागि बजेट अभाव हुन नदिन कर प्रशासनलाई भने चुस्त बनाउनुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर भएपनि संघीय संरचनाको खर्चलाई धान्न सकिने सुझाव दिनु भयो । उहाँले कम लगानीमा धेरै उत्पादन दिने क्षेत्रको पहिचान गरेर अघि बढन सरकारले उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडाले संघीय संरचना संचालनका लागि सरकारले अन्तराष्ट्रिय समुदायसँग पनि सहयोग लिन सक्ने धारणा राख्नु भयो । उहाँले निजी क्षेत्रसँगको सहकार्यमा पनि संघीय संरचना संचालन गर्न आवश्यक वित्तिय स्रोतको व्यवस्थापन गर्न सकिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा अर्थविद्हरुले कर्मचारी प्रशासनलाई चुस्त नबनाउने हो भने मुलुकको समृद्धिको यात्रालाई सहज ढंगले अघि बढाउन कठिनाई हुने पनि स्पष्ट पारेका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा