अर्थ / वाणिज्य

संसदको सरकारलाई निर्देशन, सरकारी वायु सेवाको मात्रै जहाजमा यात्रा गर्नु

काठमाडौ, २५ साउन । व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले सार्वजनिक पदधारण गरेका राजनीतिक तथा निजामती कर्मचारीहरुलाई हवाई यात्रा गर्दा नेपाल वाय्ु सेवा निगमको जहाज मात्रै प्रयोग गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले सार्वजनिक पदधारण गरेका राजनीतिक तथा निजामती कर्मचारीहरुलाई हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको जहाजमात्रै प्रयोग गर्ने नीतिगत व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।

लेखा समितिले जहाज खरिद प्रकरणका सम्बन्धमा ५ दिन भित्र चित्तबुझ्दो जवाफ पेश गर्न पनि सरकारलाई सचेत गराएको छ । निगमले जहाज खरिद गर्दा अनियमितता गरेको उजुरी परेपछि समितिले यस सम्बन्धमा चित्तबुझ्दो जवाफ ५ दिन भित्र लिखित रुपमै समितिमा पेश गर्न पुनः निर्देशन दिएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा