अर्थ / वाणिज्य

रोल्पा र प्युठानका किसानलक्षित सिंचाई आयोजना शुरु

रोल्पा । अन्न उत्पादनका लागि उर्बर भूमी भएपनि सिंचाई सुविधा नहुँदा समस्या खेप्दै आएका रोल्पा र प्यूठानका कृषकहरुले अब भने त्यस्तो समस्या नहुने अपेक्षा राखेका छन । सरकारले यस क्षेत्रको हजारौ हेक्टर कृषि क्षेत्रलाई लक्षित गरी माडी लुंग्री कोरिडर सिंचाई आयोजना संचालन गर्ने भएपछि उनिहरु उत्साहित समेत भएका छन ।

पर्याप्त सिंचाई सुविधा नहुँदा उब्जनी हुने जमिन बाँझै राख्न बाध्य भएका रोल्पा र प्यूठानका कृषकहरु, माडी लुंग्री कोरिडोर सिंचाई आयोजना संचालन हुने भएपछि हर्षित भएका छन । रोल्पा र प्यूठानका दुई ठूला नदीहरु माडी र लुंग्रीको मुहान रोल्पादेखि प्यूठानसम्मका नदी आसपासका क्षेत्रमा सिंचाई सुविधा पुर्याउन भन्दै सरकारले रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ खुंग्रीमा कार्यालय समेत स्थापना गरेको छ । गत माघमै कार्यालय स्थापना गरेको सरकारले यतिबेला बहुवर्षीय आयोजना सञ्चालनको काम तीब्र पारेको छ ।

यस क्षेत्रमा परम्परागतरुपमा गरिदै आएको सतहगत सिंचाई प्रणालीलाई सुधार गरी ताल, पोखरीका माध्यमबाट स्थानीय खोलाहरुमा पानीको सञ्चय बढाउने तयारी भइरहेको छ । यस्तै लिफ्ट सिंचाई प्रविधीमार्फत थोपा तथा फोहरामार्फत पनि सिंचाइको योजनावद्घ र भरपर्दाे ब्यवस्था गरिने आयोजनाले जनाएको छ ।

गत मंसिर १ मै योजना स्वीकृत भएपछि आयोजनाले अहिले रोल्पाका विभिन्न स्थानमा विस्तृत अध्ययनको काम गरिरहेको छ । अध्ययनका क्रममा रहेको आयोजनामा अहिलेसम्म साना ठूला ५० भन्दा बढी योजनाहरुको माग समेत भएको छ । आयोजनाले भने यो बर्षका लागि बिनियोजित ४ करोड रुपैयाँ बजेटबाट ४ वटा योजनाको काम मात्र अघि बढाउने निदो गरेको छ । यसका लागि रोल्पाको रोल्पा नगरपालीका, सुनिल स्मृति गाउँपालीका तथा प्यूठानको माण्डवी गाउँपालीका र स्वर्गद्घवारी नगरपालीकाका योजना छनौटमा परेका छन । आयोजनामार्फत सिंचाईका लागि धमाधम काम भएपछि बर्खे बालीमा मात्र भर पर्दै आएका यहाँका कृषकहरु बाह्रै मासा खेति गर्न पाइन्छ कि भन्ने आशामा छन ।
सिंचाई सुविधा उपलब्ध भएमा यसअघि नै सडक सञ्जालले जोडिसकेको यस भेगका कृषकहरुले उत्पादन गरेका कृषि उपजले अन्य जिल्लामा समेत निर्यातको अवसर पाउँनेछन । जसका कारण निर्वाहमुखी कृषिमा निर्भर रहेका यहाँका कृषकहरु ब्यवसायीक बन्दै आत्मनिर्भरताको बाटोमा समेत अग्रसर हुने अपेक्षा गर्न सकिन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. I just want to say I am just very new to blogging and site-building and honestly liked this website. Almost certainly I’m planning to bookmark your site . You definitely come with fabulous writings. Thank you for sharing with us your blog site.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा