अर्थ / वाणिज्य

समर सेल मेलामा छानी–छानी, रोजी–रोजी…

काठमाडौं, १७ बैशाख । नेपाली जुत्ता उत्पादक कम्पनीहरुको उत्पादन रहेको राजधानीको समर सेल मेलामा अवलोकन कर्ताको भीड लाग्न थालेको छ । सार्वजनिक विदाको दिन शनिबार त झन समर सेल मेलामा अवलाेकन कर्ताकाे उल्लेख्य भीड लागेकाे थियाे ।

बैशाख १२ गते देखि सुरु भएकाे मेलामा नेपाली जुत्ता उत्पादक कम्पनीहरु रोयल सुज, रन सुज, सम्राट सुज, स्मार्ट सुज, पिजि फुटवेयर, सिटिजन फुटवेयर, कदम सुज तथा हाइलाइफ चप्पलका उत्पादन छन् ।

मेलामा अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै पुरुष महिला तथा बालबालिका लगायत सबै उमेर समुहलाई हुने जुत्ता चप्पल राखिएको छ । जुत्ता उत्पादकले मेलामा गर्मियामलाई लक्षित गरि नयाँ तथा स्टकका जुत्ताहरु राखिएका छन् । उपभोक्ताको लागि मेलामा १७ देखि ७० प्रतिशत सम्मको छुट उपलब्ध गराएको आयोजकले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा