अर्थ / वाणिज्य

सरकारले दियो एडिवीलाई समयमै काम सक्न चेतावनी

काठमाडौ, ६ असार । सरकारले एशीयाली विकास बैंक ‘एडीबी’ लाई समयमै आफ्नो जिम्मेवारी पूरा गर्न सचेत गराएको छ ।
अर्थ सचिव शान्तराज सुवेदीले एडीबीले कुनै पनि परियोजना समयमै सम्पन्न नगरेर सेवाग्राहीलाई मारमा परेको भन्दै अब त्यसो नगर्न सचेत गराउनु भयो । उहाँले मेलम्चीको खानेपानी दशैंपछि काठमाडौं आउने व्यवस्था गर्ने हो÷होइन्, त्यसको तत्काल जवाफ दिन पनि ‘एडीबी’सँग आग्रह गर्नु भयो ।

बुधबार काठमाडौंमा आयोजित ‘एडीबी’को अनुदानमा संचालित परियोजनाहरुको पुनर्विचारसम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव सुवेदीले समयमै परियोजनाहरु सम्पन्न नहुँदा नेपाल र नेपाली जनतामा ब्ययभार बढने गरेको पनि उल्लेख गर्नु भयो । उहाँले एडीबीद्वारा संचालित धेरै परियोजनाहरु समयमै पुरा नहुँदा सरकार आफै अप्ठ्यारोमा परेको बताउनु भयो ।

कार्यक्रममा उहाँले एडीबीलाई आवश्यक सबैखाले सहयोग गर्न सरकार तयार रहेको भन्दै समयमै आफ्नो जिम्मेवारी पुरा गर्न एडीबीलगायतका विकास साझेदार संस्थाहरुलाई आग्रह पनि गर्नु भयो । अर्थ सचिव सुवेदीेले भूकम्पपछिको पुनर्निर्माणको काममा ढिलाई हुनुमा पनि विकास साझेदार संस्थाहरु बढि जिम्मेवार रहेको आरोप लगाउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा