अर्थ / वाणिज्य

सवै प्रदेशमा कोल्ड स्टोरको व्यवस्था गर्न साना व्यवसायीको माग

काठमाडौ, २७ पुस । साना तथा मझौला व्यवसायी महासंघले उत्पादित वस्तुको बजार व्यवस्थापनका लागि काठमाण्डौ सहित प्रत्येक प्रदेशमा एक एक वटा कलेक्सन सेन्टर र कोल्ड स्टोरको व्यवस्था गर्न माग गरेको छ ।

आर्थिक पत्रकार समाज सेजन र महासंघले विहिबार राजधानीमा गरेको अन्र्तरक्रियामा महासंघका उपाध्यक्ष दीपक प्रसाद आचार्यले साना तथा मझौला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तारका लागि प्रत्येक प्रदेशमा एक एक वटा कलेक्सन सेन्टर र कोल्ड स्टोर को व्यवस्था गर्न माग गर्नुभएको हो ।

फलफुल, कृषिजन्य तथा दुग्धजन्य उत्पादनका लागि नजिकै कोल्ड स्टोर हुनु अत्यन्तै आवश्यक रहेको भन्दै तत्काल त्यसको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसैगरी उच्चस्तरीय औद्योगिक बोर्ड लगायत सम्बन्धित सम्पुर्ण निकायमा महासंघलाई स्थायी रुपमा प्रतिनिधित्व गराउनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

मुलुकको अर्थतन्त्रमा साना तथा मझौला व्यवसायको भुमिका पनि उत्तिकै रहेको भन्दै महासंघले उच्चस्तरीय औद्योगिक बोर्डमा आमन्त्रितको रुपमा मात्रै नभई स्थायी रुपमा सदस्य बनाईनुपर्ने माग गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा