अर्थ / वाणिज्य

सांसदले भने–सुन तस्करी नियन्त्रणमा सरकार डरायो

काठमाडौ, २५ भदौ । सांसदहरुले सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद हर्कबोल राईले सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता रहने गरेकाले सरकार डराईरहेको आरोप समेत लगाउनु भयो । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै उहाँले सुन तस्करी नियन्त्रण गर्न सरकार र सुरक्षा निकाय गम्भिर नदेखिएकोमा आपत्ति पनि जनाउनु भयो ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अकवाल अहमद साहले मुलुकलाई सुशासन दिन सरकार पूर्णतः असफल भएको आरोप लगाउनु भयो । उहाँले सुन तस्करी नियन्त्रण गर्ने विषयमा सरकार गम्भिर नदेखिएको आरोप लगाउनु भयो । सांसद साहले सुन तस्करी नियन्त्रणका लागि भन्सार र सुरक्षा निकायबीच आवश्यक समन्वयन गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

नेपाल परिवार दलकी सांसद मिलन राजवंशीले ठूल्ठूला नाकाबाट सुन तस्करी हुँदा समेत त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नदेखिएको आरोप लगाउनु भयो । उहाँले सिमा नाकामा कडा चेकजाँचको व्यवस्था गरी सुन तस्करी नियन्यण गर्न पनि सरकारसँग माग गर्नु भयो ।

पछिल्लो पटक गत सोमबार काठमाडौंको क्षेत्रपाटीबाट ८८ अबैध सुन बरामद भएको थियो । सांसदहरुले सोही घटनामा संलग्न तस्करहरुलाई नियन्त्रण लिई कार्वाही गर्न सरकारलाई दवाव दिँदै आएका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा