अर्थ / वाणिज्य

सार्क फाइनान्सको २ दिने सम्मेलन काठमाडौमा शुरु

काठमाडौ, २५ जेठ । वित्तिय क्षेत्रको समष्टिगत नीतिको अनुगमन र नियमन बारे छलफल गर्न काठमाडौंमा आजदेखि सार्कस्तरीय सम्मेलन सुरु भएको छ ।

नेपाल राष्ट्रबैकको आयोजनामा भएको दुई दिने सम्मेलनमा विशेष गरेर सार्क मुलुकमा वित्तिय क्षेत्रको समष्टिगत नीति नियमन तथा अनुगमनको अवस्था, मोडल तथा समस्या र चुनौतिका विषयमा छलफल हुनेछ ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जिवी नेपालले सार्क फाइनान्समा रहेका देशका प्रतिनिधिबीच वित्तिय क्षेत्रको स्थायित्वका लागि आ आफ्नो मुलुकमा अबलम्बन गरिएका समष्टिगत नीति नियमन तथा अनुगमनमा हासिल अनुभव साटासाट गर्दा यसका चुनौति स्पष्ट पार्दै थप मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक संकटपछि समग्र वित्तिय क्षेत्रको व्यवस्थापनका लागि सरकारी वित्त नीति र मौद्रिक नीतीले मात्रै संभव नभएको निष्कर्षका साथ समष्टिगत निति म्याक्रो प्रुडेन्सियल पोलिसी अवलम्बन गरिदै आईएको छ । नेपालले सन् २०१० देखि यो नीति अवलम्बन गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा