अर्थ / वाणिज्य

सिरहामा भन्सार छलेर ल्याएको सामान बरामद

सिराहा, १ माघ । सिराहाको माडर भन्सार कार्यालयको गस्ती टोलीले आज अबैध रुपमा लुकाएर ल्याईरहेका समानहरु बरामद गरेको छ ।

माडर भन्सारबाट खटिएको गस्तीटोलीले सिरहाको गोलबजारस्थित राम एकवाल गिरिकोेको गोदामबाट लाखौं मूल्यबराबरको लत्ताकपडा र फेन्सी सामानहरु बरामद गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेन्द्र सुवेदीले जानकारी दिए ।

गिरिको गोदाममा छापा मार्ने क्रममा विभिन्न किसिमका ३३ पोका सामान बरामद गरिएको माडर भन्सार कार्यालयका निमित्त प्रमुख राजेन्द्र हमालले बताए । सिमा नाकाहरुमा खटिएका प्रहरीकै मिलेमतोमा अबैध सामानहरु नेपाल भित्रिने गरेको थाहा पाएपछि भन्सार कर्मचारीहरुले निगरानी बढाएका हुन् । त्यही क्रममा आज विहान ठूलो परिमाणमा सामान बरामद भएको हो ।

यसरी लुकाएर ल्याएको सामान गोदाममा धेरै मात्रामा पाएपछि थप सहयोगका लागि गोलबजार स्थित नेपाल प्रहरी र शस्त्र प्रहरीको सहयोग लिनु परेको थियो । प्रहरीले सामान बरामद गरेपछि स्थानीय व्यापारी र कालाबजारीयाहरुले केही बेर भन्सार कर्मचारीहरुलाई आफनो नियन्त्रमा लिएका थिए । थप शुरक्षाकर्मी आएपछि भन्सारका कर्मचारी र पक्राउ गरिएको समान छाडेर उनीहरु भागेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा