अर्थ / वाणिज्य

ग्यास निस्किएकाे सिरुवाटारमा अब तारबार

भक्तपुर, ८ बैशाख । गत मंगलबार भक्तपुरको सिरुवाटारमा डीप बोरिङका क्रममा ग्यास निस्किएपछि त्यसको सम्भाव्यताका विषयमा सरकारी चासो बढेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘डिपबोरिङ’ गर्ने क्रममा ग्यास निस्किएको सो क्षेत्रमा तारबार गरी संरक्षण गर्न निर्देशन दिएका छन् ।

‘डिपबोरिङ’ गर्ने क्रममा जमिनबाट ग्यास निस्किएर आगलागी भएको स्थानको बिहीबार अवलोकन गर्दै मन्त्री जोशीले एक साताभित्र ग्यास निस्किएको क्षेत्रमा तारबार गरी उचितरुपमा संरक्षण गर्न निर्देशन दिएका हुन् । मन्त्रीसँगै अनुगमनमा गएको खानी विभागअन्तर्गत प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुखलगायतको टोलीले उक्त क्षेत्रलाई तारबार गरी संरक्षण गर्ने भएको छ ।

डिपबोरिङ गरेको ठाउँबाट ग्यास निस्किएर आगलागी भएको क्षेत्रलाई हाल माटोले पुरिएको भएपनि अझै प्राकृतिक मिथेन ग्यास निस्किरहेकाले तारबार गरेर संरक्षण गर्नुपर्ने प्राकृतिक तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले बताए ।

जमिनबाट ग्यास निस्किएको क्षेत्र आसपासको एक सयदेखि डेढसय मिटरमा ड्रिल गरी अध्ययन गरी प्राकृतिक ग्यासको मात्रा पत्ता लगाउन सकिने उहाँले प्रमुन श्रेष्ठले बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा