अर्थ / वाणिज्य

सुनको भाउ बढ्यो, तोलाको ५५ हजार

काठमाडौं, ६ फागुन । सुनको मूल्य फेरि दुइसय रुपैयाँले बढेको छ । सुनको मूल्य यो सातामा चारसय रुपैयाँले बढेको हो । साताको पहिलो दिन आइतबार तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन साताको अन्त्य शुक्रबारसम्म आइपुग्दा ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ तोलामा ५५ हजार ६ सय रुपैयाँ थियो ।

अन्तर्रािष्ट्रय बजारमा सुनको मूल्यमा उतारचढाव आएकाले अझै केही बढ्न सक्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार विवाहको लगन भएकाले सुनको माग बढ्न थालेको छ ।

तर बजारमा माग अनुसारको सुनको आपूर्ति नहुँदा कारोबार भने प्रभावित भएको छ । माघ महिनाको बिचतिर दैनिक ५० किलो भन्दा धेरै माग भएको सुन अहिले ३५ किलोको हाराहारीमा झरेको छ ।

शुक्रबार चाँदीको भाउमा भने कुनै घडबढ भएको छैन । बिहीबार जस्तै चाँदी शुक्रबार तोलाको ८२५ रुपैयाँमा किनबेच भइरहेको पनि महासंघले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा