अर्थ / वाणिज्य

सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्री ओलीले भने–अब तस्करको समय सकियो

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अब तस्करहरुको समय सकिएको टिप्पणी गर्नुभएको छ ।
यसअघि मुलुकको राजस्वलाई नै प्रभावित पार्ने गरि ठूलो परिमाणका सुन तस्करी भएको भन्दै अब तस्करहरुलाई सरकारले नछा्ड्ने बताउनुभयो । नेपाल सुनचादी व्यवसायी व्यवसायी महासंघको पाचौ बार्षिक साधारणसभाको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले कानुनसम्वद्ध रुपमा व्यवसाय गर्न आग्रह गर्दे व्यवसायीको सुरक्षाको ग्यारेन्टी सरकारले लिने धारणा राख्नुभयो ।

उहाले मुलुकको शुसासन बिकास र समृद्धिका लागी सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताउनुभयो । अहिलको सरकार रोगजारी सिजर्ना , उत्पादनको बृद्धि र जनताको आयस्तर बढाउन अघि बढेको उहाको भनाई छ । प्रधानमन्त्री ओलीले मुलुक कुनै पनि बहानामा पछि पर्न नहुने भन्दै बिकासको आधार तय गरिएको बताउनुभयो । आफुले जनतासंग बाचा गरिएका बिकासका योजना दिर्घकालीन भएको प्रधानमन्त्री ओलीले सुनाउनुभयो ।

उहाले कानुनी प्रक्रियाबाट सुन व्यवसायीहरुलाई सरकारका तर्फबाट दिने सुविधानमा कुनै कञ्जुसाई नगर्ने पनि बताउनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा