अर्थ / वाणिज्य

सुनसरीमा पेस्तोल देखाएर सुन लुटपाट

ध्रुव ढकाल । सुनसरी, १४ कात्तिक । इटहरीको मुख्य चौकमा रहेको सुनपसलबाट बन्दुक देखाएर सुन लुटिएको छ । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको रियल गोल्ड प्यालेसबाट एक व्यक्तिले बन्दुक देखाएर सुनका गहना लुटेर लगेको सञ्चालकले बताएका छन् ।

इटहरी वडा नम्बर ६मा रहेको सुनपसलमा सुन खरिद गर्ने भनेर आएका एक युवाले ४ वटा सिक्री र एउटा ब्रास्लेट मागेको र हिड्ने बेलामा बन्दुक देखाएर भागेको सञ्चालक टेकेन्द्र बस्नेतले जानकारी दिए ।

सुनको समान लिएर मोटरसाईकलमा चढेर भागेको पसलमा काम गर्ने चिरत पराजुलीले जानकारी दिए ।करिव ५ तोलाको सुनको समाग्री लिएर भागेको उनले जानकारी दिए । पराजुलीका अनुसार सो व्यक्ति हिजो पनि सुन खरिद गर्ने भन्दै आएका थिए ।

मोटरसाईकलमा आएको एक युवाले कालो चस्मा र हेलमेट लगाई आएको उक्त युवाले पसल सञ्चालकालाई गोजीबाट पेस्तोल देखाई सुन लिएर भागेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले वताए । उनको खोजी भईरहेको डिएसपी राउतले जानकारी दिए ।

दशैँ तिहारमा सामान्य रहेको इटहरीमा चाडपर्वपछि सुनपसल लुटपाट भएको छ । करीब ७ महिना अगाडी पनि इटहरीमा नै सुनपसल लुटपाट भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा