अर्थ / वाणिज्य

सेयर कारोबार अनलाइनमार्फत् गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौँ । धितोपत्र ब्रोकरहरुले अनलाईनमार्फत् सेयर खरिद बिक्री गर्न पाउने भएका छन । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुले अनलाईनमार्फत् सेयर खरिद विक्री गर्न निर्देशन दिएको हो ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्रको कारोबार प्रक्रियालाई पारदर्शी बनाउन अनलाईन सेवा पनि संचालनमा ल्याउनु परेको स्पष्ट पार्नु भयो ।

बोर्डले इच्छुक लगानीकर्ताका लागि अनलाईनमार्फत् धितोपत्र खरिद विक्रीका लागि आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायीहरुलाई परिपत्र पनि गरेको छ । प्रविधिमार्फत् धितोपत्र व्यवसायलाई सहज बनाउन लागिएका बोर्डको भनाई छ ।

यस व्यवस्थाबाट धितोपत्रको कारोबार व्यवस्थित हुने अपेक्षा गरिएको छ । बोर्डका अध्यक्ष कार्कीले धितोपत्र कारोबार १ वर्ष भित्र सबै जिल्लामा संचालन गर्ने योजना रहेको पनि जानकारी दिनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा