अर्थ / वाणिज्य

हरियो चुरासँगै मेहेन्दीको व्यापार फस्टायो

वीरेन्द्र जैरु
डडेल्धुरा, ३१ असार । साउन महिना नजिकिएसंगै डडेल्धुरामा हरीयो चुरा र मेहन्दीको व्यापारमा वृद्धी भएको छ । महिलाले साउन महिना भरी हरियो चुरा लगाउने परम्पराका कारण हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धी भएको हो ।

जिल्ला सदरमुकाम डडेल्धुरामा रहेका शृङ्गार पसलहरुमा हिजोआज हरियो चुरा, मेहन्दी लगायतका अन्य शृङ्गारिक सामानहरुको राम्रो विक्री भइरहेको कस्मेटिक पसल विक्रेताहरुको भनाई छ । साउन महिना नजिकिएसँगै यी सामानहरुको विक्री बढेको हो । हरियो चुराको मात्रै दैनिक ३० हजार रुपैंयाँ सम्म कारोबार भएको व्यापारीहरुको भनाइ छ ।

साउन महिनामा हरियो चुरा र पोते लगाउने प्रचलन आजकाल फेसनकै रुपमा विकास भइरहेको छ । कलेजमा पढ्ने छात्राहरु समेत यसप्रति आकर्षित भएका देखिन्छन् । हरेक वर्षको साउन महिना महिलाहरुका लागि विशेष मानिन्छ । साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण मानिने स्थानीय महिलाहरुको भनाइ छ ।

हरियो रंग प्रेम र स्वच्छ वातावरणको प्रतिक मानिन्छ । साउन महिनाभरि नै हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्राकृतिक सम्मानसँग जोडेर हेर्न सकिन्छ ।

साउन महिनामा हरियो पोते र रातो समिश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रंग बस्यो उति नै श्रीमानको माँया पाइन्छ भन्ने जन विश्वास पनि छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र बागबजार, तुफानडाँडा, किर्तिपुर, स्याउले र पोखरा बजार लगायतका विभिन्न ठाउँबाट व्यापारीले हरीयो चुरा र मेहन्दीको व्यापार गरीरहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. Binod nigam says:

    Hii

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा