अर्थ / वाणिज्य

हरेक स्थानीय तहमा २ महिनाभित्र बैकको शाखा खोल्न विकास समितिको निर्देशन

काठमाडौ, २९ जेठ । संसदीय समितिले सबै स्थानीय तहमा दुई महिना भित्र बैंकको स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका संसद अन्तरगतको विकास समितिको सोमबार बसेको बैठकले स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न तत्काल बैंक स्थापना गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बंैकलाई निर्देशन दिएको हो ।

आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन पनि हरेक स्थानीय तहमा बैंक स्थापना गर्नुपर्ने आवश्यक्ता भएकाले दुई महिना भित्र त्यसको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनु परेको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिनु भयो ।

समितिको बैठकमा स्थानीय तहको नीतिगत, संरचनागत र जनशक्ति व्यवस्थापनाका विविध विषयमा सम्बन्धित मन्त्रालयका सचिवहरुसँग सामुहिक छलफल भएको थियो ।

विकास समितिले हालसम्म अस्तित्वमा रहेको नगर विकास समितिलाई खारेज गरी सम्बन्धित स्थानीय तहमा समायोजन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सचेत गराएको छ ।

त्यसैगरी स्थानीय तहको संचालनका लागि आवश्यक कानुन नबनेसम्मका लागि आवश्यक कार्यविधिहरु असार मसान्त अघि नै तयार पारी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा