अर्थ / वाणिज्य

हावाहुरी सहितको असिनापानीले लमजुङमा करोडौंको कृषीबालीमा क्षती

लमजुङ । पहाडी जिल्ला लमजुङमा दुई दिन लगातार परेको हावाहुरी सहितको असिना पानीले करोडौंको कृषिबाली चौपट पारेको छ । निर्वाहमुखी कृषि पेशामा आश्रीत अधिकांश व्यवसायीक कृषक मौषमी तथा बेमौषमी बाली नष्ट भएपछि निराश बनेका छन् ।

लगातार बदलि भइरहेको मौषम तथा पटक पटकको असिना पानीले कृषिबाली चौपट पारेपछि लम्जुङका किसान चर्को मारमा परेका छन् । असिना पानीले मकै, गोडभेला खेती, तरकारी नर्सरी बारी, अलैँचीखेतीमा ठूलो क्षति पुर्र्याएको छ । लगातार दुई दिनसम्म परेको असिनाले तरकारी र खेतीबाली ध्वस्त भएपछि निर्वाहमुखी कृषि पेशामा आश्रीत् किसान मारमा परेका छन् ।
कृषि पेशामै निर्भर लम्जुङका अधिकांश किसानको मौषमी तथा नगदे बाली असिनाले नष्ट पारेकोे छ । जसबाट कृषि पेशामै निर्भर र यसैलाई जिविकोपार्जनको श्रोत बनाएर जेनतेन गुजारा चलाइरहेको एउटा ठूलो समुदायको आर्थिक हैंसेत थप कमजोर बनेको छ ।
असिना पानीले बिशेष गरी पूर्वी लमजुङ र पश्चिम लमजुङ क्षेत्रमा व्यापक क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धेरै किसानले ७ देखी ८ लाख रुपैंया सम्मको कृषि नोक्सानी व्यहोरेका छन् । भर्खर दाना लागेका सुन्तलाको चिचिला पुरै झरेको छ भने टिपेर बजार पठाउने तयारिमा रहेका गोलभेंडा पुरै मासिएको छ । यो अलैँचीको फुल खेल्ने र दाना लाग्ने मौष पनि हो । संगै उम्रदै गरेको मौषमी तरकारी बालीका बेर्ना र दानामा समेत क्षेती पुगेको छ ।

किसानले बेर्ना तथा तरकारी वाली संरक्षणका लागी बनाएका टनेल समेत असिनाले च्यातिएका छन् । कृषि शाखाहरुले संकलन गरेको विवरण अनुसार लम्जुङका तरकारी खेतीमा ९० प्रतिशत भन्दा बढी क्षति पुगेको छ, भने मकै बालीमा ७५ प्रतिशत भन्दा बढी क्षति पुगेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा