अर्थ / वाणिज्य

‘वान बेल्ड वान रोड’ परियोजनामा हस्ताक्षर

काठमाडाैं, २९ बैशाख । ‘वान बेल्ड वान रोड’ (ओबिओआर) परियोजनाका लागि नेपाल र चीनबीच हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतको सहभागितामा आयोजित कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया राजदूत यु होङले ओबिबओआर परियोजनामा हस्ताक्षर गरेका हुन् ।

यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको परराष्ट्रमन्त्री महतले जानकारी दिए।  ‘यो सम्झौताले नेपाल र चीनबिच रोड र रेल वे कनेन्टीभिटीको महत्वपूर्ण माध्यम बन्नेछ,’ परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘हाम्रा लागि यो सम्झौता महत्वपूर्ण छ । यसमा लगानी होस् भन्ने हामी चाहन्छौं ।’

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो। वैशाख ३१ र जेठ १ गते बेइजिङमा ओबिओआर फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलन हुँदैछ।

सम्मेलनका लागि अर्थमन्त्री कृष्णबहादुर महरा, भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की पनि बेइजिङ जानेछन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा