अर्थ / वाणिज्य

१ लाख ५० हजार मुल्यको मदिरा नष्ट

खविन लुइटेल÷पाँचथर, २१ असोज । राजश्व छलि गरि भारतबाट अबैध रुपमा ल्याइएको मदिरा पा“चथर प्रहरीले पक्राऊ गरी नष्ट गरेको छ ।
भारत र सिक्किम संगको सिमावर्ती जिल्लाको फालेलुङ गा“उ पालिकाका व्यापारीले ल्याउ“दै गरेको करिब ३ सय बोत्तल रम पा“चथर प्रहरीले आज उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ र जिल्ला प्रशाशन कार्यालयका प्रतिनिधिको रोहबरमा खाल्डोे खनेर नष्ट गरेको हो ।
बरामद मदिरा प्रहरीको गस्ती टोलीले फालेलुङ गाउ“पालिका वडा नम्वर ४  स्थित वेष्ट बंगालको सिमावर्ती क्षेत्र प्राङवुङ वाट पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय पा“चथरका प्रबक्ता बिज्ञान बस्नेतले जानकारी दिनुभयो ।
नष्ट गरिएको मदिराको मुल्य १ लाख ५० हजार रुपैंया रहेको पनि प्रहरीले जनाएको छ । मदिरा  कस्को हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा