अर्थ / वाणिज्य

२ अर्ब घोटाला प्रकरणका एनसीसी बैक

काठमाडौ । चारवटा विकास बैंकलाई गाभेर आफूलाई सुधारको प्रयास थालेपनि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक झनै समस्यामा जेलिएको छ ।

करिव दुई अर्ब रुपैया“ घोटाला प्रकरणमा प्रहरीले बैंकमै छापा मारि सञ्चालकहरुलाई नियन्त्रणमा लिएस“गै बैंक थप समस्यामा परेको हो । गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडमा छापा मारी तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित १३ जनालाई पक्रिएको थियो ।

मंगलबार पुनः घोटाला प्रकरणमै थप तीन जनालाई पक्रिएको छ । बैंकले अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर झण्डै २ अर्ब घोटाला गरेको प्रहरीले बताएको छ । बैंकका अधिकारी पक्राउ परेस“गै लगानीकर्ताको निक्षप सुरक्षीत हुनेमा भने संका उत्पन्न भएको छ । बैंकले अझै सम्म पनि चुक्ता पु“जी समेत ८ अर्ब रुपैया“ पु¥याउन समेत सकेको छैन । बैंकको बार्षीक प्रतिवेदन अनुसार पनि निष्क्रिय कर्जाको अनुपात बढ्दो मात्रामा देखिएको छ । २०७४ अषाढ मसान्त सम्ममा निष्क्रिय कर्जा ४.८० प्रतिशत देखिएको छ ।

यो गत बर्षको भन्दा ०.१२ प्रतिशत बढी हो । ५ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा देखिएमा राष्ट्र बैंकले हस्तक्षेप समेत गर्न सक्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा