अर्थ / वाणिज्य

३० अर्व बैदेशिक लगानी भित्र्याइने

काठमाडौ, १८ फागुन । सरकारले ३० अर्ब बैदेशिक लगानी भित्र्याउने भएको छ । उद्योग तथा औद्योगिक प्रवद्र्धन बोर्डले ३० अर्ब बैदेशिक लगानी सम्बन्धि प्रस्ताव स्विकृत गरेको हो ।
सिंहदरबारस्थित उद्योग मन्त्रालयमा बसेको बोर्ड बैठकले विभिन्न जलविद्युत आयोजनाका लागि लगानी गर्ने सर्त सहितको करिव ३० अर्ब रुपैयाँ बराबरको बैदेशिक लगाउने भित्र्याउने प्रस्ताव स्विकृत गरेको हो ।
३० अर्ब बैदेशिक लगानी भित्र्याउने प्रस्ताव स्विकृत गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिनु भयो । उहाँले औद्योगिक क्षेत्रमा लगानी गर्न विदेशी संस्थाहरु अब झनै उत्साही हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

३० अर्ब बराबरको बैदेशिक लगानी लामटाङ भोटेकोशी जलविद्युत कम्पनी, सिनो जलविद्युत सगरमाथा पावर कम्पनीसहितका उद्योगको पूँजी वृद्धि गर्न परिचालन हुने बोर्डले जनाएको छ ।
उद्योग मन्त्रालयले बैदेशिक लगानी भित्र्याउनकै लागि लगानी सम्मेलनको पनि आयोजना गर्दैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा