अर्थ / वाणिज्य

५६ करोड हिनामिनाको आरोपमा लेखापालसहित ५ जना निलम्बन

काठमाडौं, ६ वैशाख । इटहरीको यातायात ब्यवस्था सवारी कार्यालय कोशीका कार्यालय प्रमुखसहित ५ जना कर्मचारी ५६ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा निलम्बनमा परेका छन् ।
कार्यालयका प्रमुख उपसचिव नयराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, लेखापालहरु सुरेश अधिकारी र रुदप्रसाद दाहाल तथा नायब सुब्बा टिका बास्तोलालाई भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयले बुधबार निलम्बन गरेको हो ।
उनीहरुले करिब ३ वर्षदेखि विभागको राजश्व नै घोटाला गरेको र सेवाग्राहीबाट उठाएको सवारी कर यातायात दस्तुर, सडक सुधार कर, आयकर नै फर्जि विल बनाएर दुरुपयोग गरेको मन्त्रालयको ठहर छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा