अर्थ / वाणिज्य

विदेशी लगानी भित्र्याउन २५ वर्षपछि दोस्रो लगानी सम्मेलन

काठमाडौं १९, फागुन । नेपालको औद्योगिक विकासका लागि विदेशी भित्राउने उद्देश्यले आजबाट काठमाडौंमा दोस्रो लगानी सम्मेलन शुरु भएको छ ।  काठमाडौंको सोल्टी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका तीन सयभन्दा बढी विदेशी लगानीकर्ताहरुको सहभागिता रहेको उद्योग मन्त्रालयले जनाएको छ ।
२५ वर्षपछि हुन लागेको सम्मेलनमा दक्षिण एसियालीसहित चीन, अमेरिका, युरोपेली देशहरु र केही खाडी देशका लगानीकर्ताहरुसँगै कुटनीतिक नियोगका प्रतिनिधि समेत सहभागी छन् ।
उद्योग मन्त्रालय, लगानी बोर्ड, योजना आयोग र निजि क्षेत्रको सहयोगमा गर्न लागिएको सम्मेलनमा मुख्य आठ क्षेत्रमा लगानीका लागि आहृवान गरिने बताइएको छ । कृषि, बैंकिङ, सूचना तथा प्रविधि, उर्जा, पर्यटनलगायतमा विदेशी लगानी भित्रयाउन सम्मेलन सार्थक हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछन् । त्यस्तै वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासका बारेमा समेत छलफल हुनेछ ।

सम्मेलनमा करिब एक खर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धताको घोषणा हुने अपेक्षा गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा