अन्तर्राष्ट्रिय

  • भारतमा दुई भवन भत्किदा संख्या ३ को मृत्यु, ५० वेपत्ता, मृतकको संख्या बढ्न सक्ने

    भारतमा दुई भवन भत्किदा संख्या ३ को मृत्यु, ५० वेपत्ता, मृतकको संख्या बढ्न सक्ने

    बुधबार, साउन २, २०७५

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली नजिक दुई भवन भत्किंदा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दिल्लीको ग्रेटर नोयडा क्षेत्रमा गएराति भएको घटनामा अन्य ५० जना हराइरहेको आशंका गरिएको छ । निर्माणधीन ६ तल्ले भवन केही वर्षअघि निर्माण गरिएको ४ तल्ले भवनमा खसेको जनाइएको छ । जग निकै कमजोर रहेका कारण भवन भत्केको अधिकारीले […]

  • रुसी हस्तक्षेपबारे एक दिनअघि ट्रम्पले दिएको अभिव्यक्ति फेरियो

    रुसी हस्तक्षेपबारे एक दिनअघि ट्रम्पले दिएको अभिव्यक्ति फेरियो

    बुधबार, साउन २, २०७५

    एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरेका छन् । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि ट्रम्पले चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने अमेरिकी जासूसी संस्थाहरुको दावीलाई मान्ने बताएका हुन् । फिनल्याण्डमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटका क्रममा ट्रम्पले अमेरिकी […]

  • सामूहिक बलात्कार पश्चात जिउँदै जलाएर महिलाको हत्या

    सामूहिक बलात्कार पश्चात जिउँदै जलाएर महिलाको हत्या

    आइतवार, असार ३१, २०७५

    भारत । भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार ३५ वर्षीया महिलालाई पाँचजनाले सामूहिक बलात्कार गरेपछि एक मन्दिरको यज्ञशालामा जिउँदै जलाएका हुन् । महिलालाई उनकै घर नजिकको मन्दिरमा जलाइएको बताइएकाे छ । महिलाका श्रीमानलाई उद्धृत गर्दै दिइएकाे जानकारी अनुसार पीडितले आफू जल्नुअघि […]

  • गाजामा इजरेली हमला

    गाजामा इजरेली हमला

    आइतवार, असार ३१, २०७५

    एजेन्सी । इजरायलले गाजा क्षेत्रमा रकेट आक्रमण गर्दा दुई जना मारिएका छन् । आक्रमणमा अरु १२ जना घाइते भएका छन् । गाजा क्षेत्रबाट प्यालेष्टाइनीले ९० भन्दा बढी रकेट प्रहार गरेपछी इजरायलले जवाफी कारबाही गरेको हो । हमासको सैनिक मुख्यालय र प्रशिक्षण केन्द्रलाई निशाना बनाइएको इजरायली सेनाले बताएको छ । सन् २०१४ पछी इजरायलले प्यालेष्टाइनी क्षेत्रमा […]

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी गिरफ्तार

    पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी गिरफ्तार

    शनिबार, असार ३०, २०७५

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् ।   आफूमाथि लागेको भ्रष्टाचारको अभियोगको प्रतिवाद गर्न बेलायतबाट स्वदेश फर्कंदै गरेका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियमलाई प्रक्राउ गरिएको हो ।   भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै उनीहरुलाई पक्राउ गरेका हुन् ।   उनीहरुलाई रावलपिण्डिस्थित अडियाला जेलमा पु¥याइएको […]

  • अफगानिस्तानमा आत्मघाती बम आक्रमण, १० जनाको मृत्यु

    अफगानिस्तानमा आत्मघाती बम आक्रमण, १० जनाको मृत्यु

    मङ्लबार, असार २६, २०७५

    एजेन्सी । अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १० सर्वसाधारणको ज्यान गएको छ । दक्षिणपूर्वी अफगानिस्तानको जलालावाद शहरमा भएको आत्मघाती आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । आक्रमणकारीले शहरी क्षेत्रमा रहेको पेट्रोल स्टेशनमा आत्मघाती बम विष्फोट गराएका थिए । आक्रमणपछि पेट्रोल स्टेशनमा ठूलो आगलागी भएको थियो भने नजिकै रहेका कार तथा अन्य सवारीमा क्षति पुगेको […]

  • थाइल्याण्डको गुफामा फसेका १३ जना सबैको उद्धार

    थाइल्याण्डको गुफामा फसेका १३ जना सबैको उद्धार

    मङ्लबार, असार २६, २०७५

    एजेन्सी । थाइल्याण्डमा गत जुन २३ देखि गुफामा फँसेका सबैको उद्धार गरिएको छ । उत्तरी थाइल्याण्डको गुफामा फंसेका सबै १३ जनालाई गुफाबाट बाहिर निकालिएको थाई सेनाको नेभी सिल फौजले जनाएको छ । यसअघि आइतबार ४ किशोरको उद्धार गरिएको थियो । वाइल्ड बोअर्स नामक फुटबल क्लबका खेलाडी तथा प्रशिक्षक गरी १३ जना उत्तरी थाइल्याण्डको चियाङ राई […]

  • गुफामा फसेका ४ बालकको सकुसल उद्धार

    गुफामा फसेका ४ बालकको सकुसल उद्धार

    सोमवार, असार २५, २०७५

    थाइल्याण्ड । उत्तरी थाईल्यान्डको गुफामा दुई सातादेखि फसेका बालकहरूमध्ये चार जनाको सकुशल उद्धार गरिएको छ । ९० जना गोताखोरहरू सहभागी उद्धार टोलीले बाहिर ल्याएका बालकहरूलाई अस्पताल पुर्‍याइएको छ। पानीको भेल कम भएको बेला थालिएको उद्धारकार्य पहिले सोचेभन्दा छिटो अघि बढिरहेको छ। गुफा नजिकै रहेका बीबीसीका ड्यान जनसन भन्छन्, “चार जनालाई गुफा बाहिर ल्याइएको छ र […]

  • गुफामा फसेका १२ जनाको उद्धारकार्य सुरु

    गुफामा फसेका १२ जनाको उद्धारकार्य सुरु

    आइतवार, असार २४, २०७५

    एजेन्सी । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूको फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको छ । उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले उद्धारकर्ताहरूको टोली थानीय समय अनुसार आज बिहान १० बजे गुफाभित्र प्रवेश गरेको जानकरी दिनुभयो । गुफाको प्रवेशद्वार खाली गराइएको छ भने त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी […]

  • थाईल्याडको गुफामा फसेकाहरुको उद्धारमा खटिएका उद्धारकर्मीको मृत्यु

    थाईल्याडको गुफामा फसेकाहरुको उद्धारमा खटिएका उद्धारकर्मीको मृत्यु

    शुक्रबार, असार २२, २०७५

    एजेन्सी । थाइल्याण्डको एक गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक उद्धारकर्मीको मृत्यु भएको छ । गुफामा फसेकाहरुलाई राहत सामग्री र्पुयाएर फर्किने क्रममा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । समन कुनन थाइल्याण्डको पूर्व सैनिक हुन् । गुफामा बच्चाहरु फसेको थाहा पाएपछि उनी उद्धारकर्मीको टोलीमा सामेल हुन […]