देश

  • नेकपाको केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज

    नेकपाको केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज

    सोमवार, असार ३२, २०७५

    पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् । सचिवालय सदस्य वामदेव गौतमको प्रस्तावअनुसार विधानमा यस्तो व्यवस्था गरिएको नेताहरू बताउँछन् । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा […]

  • विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल

    विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल

    सोमवार, असार ३२, २०७५

    नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ । एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । तर, […]

  • जथाभावी बाटो काटे कक्षा लिनुपर्ला !

    जथाभावी बाटो काटे कक्षा लिनुपर्ला !

    सोमवार, असार ३२, २०७५

    सिन्धुपाल्चोकका दिनेश दुलाललाई आतबार कोटेश्वर ट्रफिक प्रहरीले अचानक नियन्त्रणमा लियो। ट्राफिकले अचानक रोकेको देखेपछि उनी छक्क परे। जथाभावी रूपमा बाटो कोटको भन्दै ट्राफिकले सचेतनामूलक कक्षा दिन थालेपछि आफूले गल्ती गरेको उनले थाहा पाए। कलेज जाने हिँडेका उनलाई प्रहरीले कक्षा लिन भनेपछि आफूले केही गल्ती नगरेको भन्दै केहीबेर रनभुल्ल परेका थिए। पैदलयात्रीले जथाभावी रूपमा बाटो काट्दा […]

  • डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

    डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

    सोमवार, असार ३२, २०७५

    सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ‘उहाँ (डा. केसी) लाई विभिन्न समस्याले अट्याक गरिरहेको छ,’ उपचारमा संलग्न डा. पूजन रोकायाले […]

  • सांसद पद निलम्बन माग्दै सर्वोच्चमा रिट

    सांसद पद निलम्बन माग्दै सर्वोच्चमा रिट

    सोमवार, असार ३२, २०७५

    प्रतिनिधिसभा नियमावली २०७५ मा फौजारी मुद्धामा अभियाोग लागेका सांसदको सदस्यता निलम्बन नगरिने भनी राखिएको प्रावधान संविधानविपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा आईतबार रिट दर्ता भएको छ । अधिवक्ता रामचन्द्र आरसी गौतम र लोकेन्द्रबहादुर ओलीले सर्वोच्च अदालतको असाधारण अधिकारअन्र्तगत नियमाावालीको नियम २४४, ३ र ४ को व्यवस्था असंवैधानिक भएकाले तत्काल बदर गरी पाउँ भनी सर्वोच्चमा रिट गराएका […]

  • जनयुद्धका नाममा गल्ती गर्नेहरु कारबाहीको दायरामा आउँछन्– प्रचण्ड

    जनयुद्धका नाममा गल्ती गर्नेहरु कारबाहीको दायरामा आउँछन्– प्रचण्ड

    आइतवार, असार ३१, २०७५

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का अध्यक्ष पुष्प कमल दाहालले जनयुद्धका नाममा गल्ती गर्नेहरु कारवाहीको दायरामा आएरै छाड्ने बताउनुभएको छ । शहिद विष्णु चौलागाईको १५ औं स्मृति दिवसका अवसरमा सुनापति काठमाडौ संघीय जनसम्पर्क मञ्च–रामेछापले आज काठमाडौमा गरेको कार्यक्रममा दाहालले जनयुद्धका नाममा गल्ती गर्नेहरु लुकेर बस्न नसक्ने बताउनुभयो । अध्यक्ष दाहालले दुई जनाको अदालत भन्दा ईतिहासको अदालत […]

  • स्वास्थ्य बीमा कार्यक्रम देशका ३६ जिल्लामा सञ्चालन

    स्वास्थ्य बीमा कार्यक्रम देशका ३६ जिल्लामा सञ्चालन

    आइतवार, असार ३१, २०७५

    काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले बिभिन्न ३६ जिल्लामा लागु भएको छ । अबको तीन वर्ष भित्र सबै जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने घोषणा सहित सरकारले थप ६ जिल्लामा यो अभियान बिस्तार गर्ने रणनीति बनाएको छ । आर्थिक वर्ष २०७४र७५ मा […]

  • अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने

    अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने

    आइतवार, असार ३१, २०७५

    काठमाडौं । अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने भएको छ । मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखिएको छ । यो संहिता आगामी भदौ १ गतेबाट लागु हुने छ । विद्यमान कानुनमा श्रीमतीले चाहे मात्रै सम्बन्ध विच्छेद हुने व्यवस्था भएकोमा यो संहिता लागूभएपश्चात श्रीमानले चाहे श्रीमतीलार्इ सम्बन्धविच्छेद […]

  • डा. गोविन्द केसीद्धारा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार

    डा. गोविन्द केसीद्धारा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार

    शनिबार, असार ३०, २०७५

    काठमाडौं । १५ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको भन्दै स्वास्थ्य जाँच गर्नसमेत अस्वीकार गरेका हुन् ।   रगत परीक्षण गर्न गएका चिकित्सकहरुसँग भावुक हुँदै डा. केसीले […]

  • गंगामायाकाे ४६ औं दिनमा अनसन स्थगित

    गंगामायाकाे ४६ औं दिनमा अनसन स्थगित

    शनिबार, असार ३०, २०७५

    काठमाडौं । छोराको हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बस्नुभएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले ४६ औं दिनमा अनसन स्थगित गरेकी छन । छोरा कृष्णप्रसादको हत्यारालाई कार्बाही गर्ने प्रतिबद्धता समेटिएको कानुनमन्त्रीको पत्र प्राप्त भएपछि गंगामायाले अनसन स्थगित गरेकी हुन । उनलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन स्थगित गराएका हुन […]