मनोरञ्जन

एमाले अध्यक्ष ओली फिल्म हेर्न बिग सिनेमा पुगेपछि…

काठमाडौं, २६ जेठ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत एमाले नेताहरुको टोलीले चलचित्र ‘रातो घर’ हेरेका छन् । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म हेर्न कोमलपोखरीस्थित बिग सिनेमामा एमाले अध्यक्ष ओली, ओली पत्नी, पूर्वसभामुख सुवास नेम्वाङ, भीम रावल, योगेश भट्टराईलगायतका नेताहरु पुगेका थिए ।

रातो घरका निर्मातासमेत रहेका अभिनेता विल्सनविक्रम राई (तक्मे बूढा)ले आफ्नो गृह जिल्ला, झापाका सबै पार्टीका नेतालाई फिल्म हेर्न बोलाएको बताए । फिल्म हेरिसकेपछि ‘ओलीलगायत सबै नेताले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको निर्माता राईले बताए ।

सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । डनगिरीको कथामा बनेको फिल्ममा विल्सनका साथमा संयम पुरी, मेनुका प्रधान, गौरव पहारी, अनुराग कुँवर, भानुप्रतापलगायतले अभिनय गरेका छन् ।

निर्माता विल्सनले आफ्नो चलचित्र हेर्न एमालेका नेताहरुलाई मात्र नभएर सबै दलका नेताहरुलाई निम्तो दिएको भएपनि एमालेका नेताहरु चलचित्रहलसम्म पुगेर शोभा बढाइदिएकोमा खुशी लागेको बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा