मनोरञ्जन

दीपक क्षेत्रीकाे उपचारार्थ काँडाघारी मैदानमा कलाकारले कमाल देखाए

काठमाडौं, २५ बैशाख । प्रायः स्थानीय खेलाडी र व्यायामकर्ताहरु बिहानैदेखि पेप्सीकोलास्थित टाउन प्लानिङ मैदानमा देखिन्थ्ये । तर, शनिबार भने त्यहाँको रौनक बेग्लै थियो । घेल मैदान राष्ट्रिय स्तरका कलाकारहरुले भरिभराउ थिए । सधैँ क्यामराको अगाडि रमाउने कलाकार खेल मैदानमा पुग्नुका कारण एउटै थियो कलाकार दीपक क्षेत्रीको उपचारार्थ आयोजना गरिएको रमाइलो फुटबल ।

जहाँ कलाकार भर्सेस कांडाघारी बुद्धिजिवीहरु मैदानमा उत्रिएका थिए । बक्स अफिस इन्टरनेशनल ग्रुप, बक्स अफिस फिल्म क्लब नेपाल, स्थानीय समाजसेवी एवं कलाकारको संयोजकत्वमा रमाइलो फुटबलको आयोजना गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा समन्न भएको उक्त कार्यक्रममा कलाकारको टाेलीले स्थानीयलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

3333निकै नै रोमाञ्जक बनेको खेलमा कलाकारका तर्फबाट शंकर बिसी, आकाश खबास र हरि डाँगीले गोल गरेका थिए । कलाकारको तर्फबाट आयोजकका अध्यक्ष रामबहादुर सुवेदी, शिव श्रेष्ठ, धिरेन शाक्य, कमल मैनाली, डम्बर नेपाली, जयकिसन बस्नेत, दिनेश शर्मा, सुशील क्षेत्री, एनबि महर्जन, सुनिल कटुवाल, सितल केसी, हरि डांगी , सलोन बस्नेत, शंकर बिसि, केदार घिमिरे, पुजा शर्मा, सुभेच्छा थापा, सबिन श्रेष्ठ, महादेव तृपाठी लगायत मैदानमा उत्रिएका थिए । त्यस्तै लेखक निर्देशक शिवम अधिकारी, निर्माता अबिनास तामाङ, शोहम भेटवाल, कविता शर्मा, होचा कलाकार देपेन शाह लगायतका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

1111खेलको कमेन्ट्री निर्माता तथा निर्देशक शोभित बस्नेतले गरेका थिए । कलाकारको तर्फबाट गोल हुँदा दर्शक तथा कलाकारहरुले गरेको हुटिङ निकै नै हौसलाप्रद थियो । कार्यक्रममा कलाकार टिमको कप्तान धिरेन शाक्य, प्रमुख अथिति राजकुमार राइलाई विशेष सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो । आफ्नै टोलमा सम्पन्न भएको कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि स्थानीय युवाहरु सुरेन्द्र रायमाझी, कृष्ण भरोसा बस्नेत, ओमकार थापा, पवन लुइँटेल, नविन मल्ल, प्रज्वल बस्नेत, नारायण, नविन, विके बस्नेत, कमल बस्नेत, टाउन प्लानिङ्गका सदस्यहरु, काडाघारी युवा क्लबका सदस्यहरुले निकै नै मेहनत गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. 788993 563331i love action movies and my idol is none other than Gerard Butler. this guy really rocks 84629

  2. spam says:

    741922 40839Quite clear internet site , regards for this post. 970781

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा